राजनीति गर्ने भनेर एनआरएनको संगठनलाई प्रयोग गरिरहेका छैनौं । राजनीति गर्न खोजेको भन्ने आरोप मात्र हो ।

Kumar Panta

कुमार पन्त
महासचिव, गैरआवासीय नेपाली संघ

गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव कुमार पन्त जर्मनीमा सफल व्यवसाय गर्ने नेपाली हुन् । एनआरएनको युरोप संयोजक रहिसकेका पन्त एनआरएनले संस्थागत र व्यक्तिगत रूपमा लगानी बढाउन प्रयाश गरिरहेको बताउँछन् । आपूmहरूले लगानीका लागि नभई पछिको पुस्तालाई नेपालको नागरिक हौं भन्ने चिनाउन तथा नेपालमा आएर लगानी गर्ने, आर्थिक विकास गर्ने कर्तव्यबोध होस् भनेर नागरिकताको निरन्तरता चाहेको उनी बताउँछन् । एनआरएनमा राजनीतिक दलको प्रभाव बढेको बताउने पन्त त्यसलाई रोक्न अभियान नै सुरु गर्दैछन् । उनीसँग कारोबारकर्मी पुष्पराज आचार्य र यादव हुमागाईंले गरेको कुराकानी :

नयाँ कार्यसमितिको चयन भएपछि सांगठनिक विस्तार कसरी गरिरहनुभएको छ ?
नयाँ कार्यसमिति चयन भएपछि हालसम्म बुल्गेरिया र तान्जानियामा संगठन विस्तार भयो । अब आइसल्यान्डमा गठन गर्ने तयारीमा छौं । यससँगै अहिलेसम्म एनआरएनको नेटवर्क ६७ वटा देशमा विस्तार भइसकेको छ ।

तपाईं जर्मनीमा कसरी स्थापित हुनभयो ?
सन् २००० मा म बुबासँग ८ सय डलर लिएर नेपालबाट हिँडेको हो । त्यो एक सातामै सकियो । त्यसपछि पढ्ने सिलसिलामा संघर्ष गर्दागर्दै होटलमा पार्ट टाइम काम गर्थें । यो क्षेत्रमा सम्भावना रहेको थाहा पाएपछि मन लगाएर काम गरें । त्यसबेला आफंै बिजनेस गर्न एक÷दुई जना साथी इच्छुक थिए । केही अनुभव भएका व्यक्तिलाई भाडामा सामान दिइन्थ्यो । त्यसैबाट होटल खोले, अहिले त्यसलाई नै बढाउँदै लगिरहेका छौं ।

पोपर्टीको प्रोटफोलियोको साइज कत्रो छ ?
अहिले ६ वटा होटल सञ्चालनमा छन् भने एउटा खुल्ने तयारीमा छ । ७५ देखि ८० जना कर्मचारी छन् । अन्य देशका साथीहरूबाट पनि मिलेर लगानी गरौं भन्ने प्रस्ताव आइरहेकाले लगानी विस्तार गर्ने योजना छ ।

एनआरएनहरूलाई बाहिर बिजनेस गर्ने उतै कर तिर्ने तर नेपाल आएर राजनीति मात्र गर्ने गर्छन् भन्ने आरोप लागेको छ नि?
वास्तवमा एनआरएनमा लागेका व्यक्तिहरू राजनीति नै गर्न चाहने हो भने कसैले पनि छेक्दैन । मुख्यगरी एनआरएनले चाहेको नेपाल पनि धनी देश होस् भन्ने हो । हामी विदेशमा बस्दा पीडा हुन्छ, नेपाली पासपोर्ट हेर्ने बित्तिकै हेयको दृष्टिकोणले हेरिन्छ । रातो पासपोर्ट बोकेर हिँड्नेजतिकैको इज्जत हाम्रो पनि होस् भन्ने चाहना हो ।
त्यसैले राजनीति गर्न खोजेको भन्ने आरोप मात्र हो । एनआरएनहरू देश विकास, विकास र नयाँ नेपाल बनाउन चाहन्छन् । त्यसैका लागि मात्र हामीले नेटवर्किङ गर्दै हिँडेको हो । राजनीति गर्ने भनेर एनआरएनको संगठनलाई प्रयोग गरिरहेका छैनौं ।

नेपालमा लगानी बढाउन के–के गरिरहनुभएको छ त ?
अहिले हामी संस्थागत र व्यक्तिगत रूपमा लगानी गरिहेका छौं । संस्थागत रूपमा प्रत्येक २ वर्षमा आउने नयाँ कार्यसमितिले नयाँ योजना घोषणा हुने गरी लगानी ल्याएको छ । योभन्दा अगाडि जीवा लामिछानेको कार्यकालमा २ सय मेगावटाको क्षमताको जलविद्युत् कम्पनी सुरु गर्ने घोषणा भयो जुन निर्माणाधीन छ । वर्तमान अध्यक्ष शेष घलेको नेतृत्वमा नयाँ कार्यसमितिले २ सय कोठा भएको तारे होटल खोल्ने निर्णय गरेको छ । अहिले जग्गा खोज्ने काममा लागिरेहका छौं । जसका लागि अध्यक्षज्यूकै संयोजकत्वमा टास्क फोर्स बनाएका छौं ।
पहिला पैसा उठाइसकेपछि आयोजना खोज्ने प्रचलन थियो । तर, अहिले पहिला आयोजना बनाउने र त्यसपछि इच्छुक साथीहरूलाई लगानी गर्न आवहान गरेका छौं । छिटो काम गर्नका लागि नयाँ प्रक्रिया अपनाएका छौं । त्यसैगरी हाइड्रोमा लगानी बढाउन पनि सोचिरहेका छौं । त्यसका लागि सरकारलाई पत्र पनि लेखेका छौं । सरकारले आयोजना दिने बित्तिकै तुरुन्तै अगाडि बढाउँछौं । यसबाहेक व्यक्तिगत रूपमा विभिन्न साथीहरू मिलेर लगानी थुप्रै लगानी भएको छ । तर, त्यसको यकिन तथ्यांक भने छैन ।

संयुक्त लगानीका आयोजनामा एक व्यक्तिले न्यूनतम कति लगानी गर्न पाउँछ ?
अघिल्लो हाइड्रोपावरको योजनामा हामीले कम्तीमा १ लाख रुपैयाँ भनेका थियौं । अहिले लगानी गर्न चाहने तर १ लाख हाल्न नसक्ने साथीहरू छुट्ने भएकाले समूह बनाएर १ लाख पु¥याएर पनि लगानी गर्न सकिने व्यवस्था गरेका छौं । होटलको योजनामा पनि हामीले न्यूनतम यति भनिसकेका छैनौं, तर एक लाख रुपैयाँ राख्नुपर्छ भन्ने सोच छ । कतिपय साथीहरूले नामसमेत नखुलाई लगानी गरेका छन् ।

एनआरएनका आयोजनामा लगानी गर्न एकदमै इच्छुक देखिएको कारण के हो ?
मुख्य कुरा एनआरएन अभियानको नेतृत्वमा कुन व्यक्ति छ भन्ने नै हेर्छन् । नेतृत्वमा व्यावसायिक छवि भएको व्यक्ति भएकाले विश्वास गरेका हुन् । उहाँहरूले लगानीको आह्वान गर्नुभयो । कतिपय ठाउमा गएर हामीले कुनै समस्या आएमा पैसा हामी जिम्मा लिन्छौं, सेयर फिर्ता दिन्छौं भनेर पनि विश्वास गराएका छौं ।

अहिलेको तपाईंहरूको योजनाअनुसार आउँदो ५ वर्षमा एनआरएनको लगानी दोब्बर हुनसक्छ ?
अवश्य पनि । एउटा कुरा हामी संस्थागत रूपमा बाहेक व्यक्तिगत रूपमा आएको लगानी धेरै छ । सानिमा बैंक, सानिमामाई हाइड्रोलगायत धेरै संस्थामा एनआरएनहरूको लगानी छ ।

तपाईंहरूले संस्थागत रूपमा पहिला हाइड्रोमा लगानी गर्नुभयो, त्यसपछि होटलमा लगानी गर्दै हुनुहुन्छ, त्यसबाहेक तपाईंहरूले लगानी गर्ने सम्भावना देखेका क्षेत्रहरू कुन–कुन हुन् ?
पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगानी गर्न चाहेका छौं । अहिले हामीलाई धेरैले प्रश्न गर्छन्, किन तपाईंहरूले हाइड्रोपावरमा मात्र लगानी गरेको भनेर त्यसको कुनै खास कारण होइन, पहिलो संस्थागत लगानीका लागि मात्र हामीले हाइड्रोपावर छानेका हौं । हाम्रो सुरुका काम सफल हुनैपर्छ भन्ने मान्यता राख्यौं । साथीहरूलाई अनुरोध गरेको ल्याएको रकम डुबायौ भने त हाम्रो विश्वसनीयता घट्छ । त्यस्तो स्थितिमा १ सय प्रतिशत फिर्ता गर्न सकिने आयोजना छानेका हौं ।

एनआरएन लगानीकर्ताका रूपमा सरकारको सहयोग र लगानीको वातावरण कस्तो पाउनुभएको छ ?
सरकार एनआरएनको लगानी भिœयाउन एकदमै सकारात्मक छ । सरकारले करमा सहुलियत दिएको छ । परिवर्तन हुने बित्तिकै हाम्रा समस्याबारे बुझेर समाधान गर्न सरकार सकारात्मक छ । २÷४ वर्षअघिसम्म लगानीका लागि समस्या थियो । पहिला लगानीकर्तालाई दुःख दिुनपर्छ, उनीहरूबाट विभन्न माग पूरा गराउनुपर्छ भन्ने धारणा भएका साथीहरू पनि अहिले के समस्या पर्छ हामी सहयोग गर्छौं, हाम्रो क्षेत्रमा लगानी गर्नुहोस् भनेर आउँछन् । स्थानीयस्तरका पार्टीका नेताहरू पनि लगानी गर्न अनुरोध गर्दै आउँछन् । साँच्चै अहिलेको वातारण हेर्दा नेपालमा लगानीको युग हो जस्तो लाग्छ ।

परोपकारी काम के गर्दै हुनुहुन्छ ?
भरखरै नयाँ नेतृत्व आयो । अघिल्लो कार्यकालमा १ अर्बको हाराहारीमा परोपकारी काम गरेका थियौं । अहिले पनि यसका लागि मेरै अध्यक्षतामा टास्क फोर्स बनाएका छौं । यसलाई बढाएर दोब्बरका हाराहारीमा पु¥याउने लक्ष्य छ ।

खाडीमुलुकहरूलाई एनआरएनले वास्ता गरेन भन्ने आरोप छ नि !
अहिले सबैभन्दा बढी च्यारिटी खाडी क्षेत्रमा हुन्छ । हामीले उठाउने मुद्दा भनेकै नागरिकता र खाडी क्षेत्रका कामदारका विषयमा हो । भरखरै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करसँग भेट्यांै । वैदेशिक रोजगार प्रवद्र्वन कोष बनाएका छौं । त्यसका लागि टास्क फोर्स बनाएका छौं । स्वाभाविक रूपमा लगानी खोज्ने कुरा आएपछि अमेरिका, क्यानाडा युरोप फोकस गरेका छौं । लोकल समस्याका बारेमा एनआरएनले बोल्नु परेको छ भने त्यो खाडीका लागि मात्र हो । युरोप र अमेरिकाका समस्याबारे बोल्नुपर्दैन । खाडीलाई बेवास्ता ग¥यो भन्ने कुरा एनआरएनको सही मूल्यांकन होइन ।

एनआरएनले नेपालमा वस्तुहरू विदेशमा निर्यात गर्नका लागि कस्तो सहयोग गर्दैछ ?
हामीले ‘प्रमोसन नेपाल, नेपाली गुड्स’ भन्ने छुट्टै टास्क फोर्स नै बनाएका छौं । नेपाली सामान विदेशी बजारमा कसरी लैजाने भन्ने नै हाम्रो उद्देश्य हो । त्यसका लागि विदेशी मेलामा भाग लिने, नेपाली सामानहरूको प्रदर्शनी गर्ने गर्दै आएका छौं । हामीले ५ वटा ठूला मेलामा एनआरएनले नेतृत्व गरी भाग लिने र नेपाली सामान प्रदर्शनी गर्ने निर्णय गरेका छौं । अघिल्ला प्रदर्शनीको प्रगति प्रतिवेदन हेर्दा सन्तोष गर्ने ठाउँ छ ।

निर्यात प्रवद्र्धनका लागि सुरु गरेको नेपाल हाउस त सफल भएन नि !
सोचेजस्तो सफल हुन नसकेको पक्कै हो । नेपाल हाउस रसियामा एउटा बन्दै छ । तर स्थानीय समस्याले गर्दा खुल्न सकेको छैन । यो कन्सेप्ट गलत होइन तर यसलाई कसरी लैजाने भनेर हामीले छलफल गर्दैछौं ।

दोहोरो नागरिकता किन ?
अहिले हामी दोहोरो नागरिकता भन्दैनौं, नेपाली नागरिकताको निरन्तरता मागेका हौं । दोहोरो नागरिकताबारे गलत ढंगले प्रचार भएको मात्र हो । हामीले एकपटक पाइसकेको नागरिकता पुनः नखोसियोस् भन्ने मात्र हो । यो लगानीसँग जोडिएको छ । मोरक्कोको सरकारले विदेश पलायन भएकाको नागरिकतालाई निरन्तरता दिने निर्णय गर्दा बिदेसिएका नागरिक देशमा लगानी गर्न इच्छुक भए ।
हामी एनआरएनको आईडी कार्ड लिएर पनि नेपालमा लगानी गर्न सक्छौं । तर, हामी पछिको पुस्तालाई हामी नेपालको नागरिक हौं भन्ने चिनाउनका लागि, नेपालमा आएर लगानी गर्ने आर्थिक विकास गर्ने कतव्र्य हो भन्ने बोध होस् भन्ने हाम्रो उद्देश्य हो ।

यो प्रक्रिया कहाँ पुगेको छ त ?
अघिल्लो संविधानसभाले एनआरएनलाई राजनीतिक अधिकारबाहेक सांस्कृतिक, आर्थिक अधिकारसहितको नागरिकता लिने ड्राफ्ट बनेको थियो । यसमा राजनीतिक दलहरू पनि सकारात्मक छन् । अहिले पुरानै सभाअध्यक्ष आएकाले उहाँसँग कुरा गर्दा सकारात्मक हुनुहुन्छ । त्यसैले अबको संविधानमा प्राप्त हुनेमा ढुक्क छौं ।
त्यसपछि हामी राजनीतिक अधिकारका लागि पनि लबिङ गर्छौं । सभामुखज्यूले पहिलै किन राजनीतिक अधिकार खोज्नुहुन्छ सुरुमा त्यो बाहेकमा चित्त बुझाएर पछि राजनीतिक अधिकारका लागि लबिङ गर्नुहोस् भनेपछि हामी सोहीअनुसार अघि बढेका हौं ।

एनआरएन चुनावमा राजनीतिक प्रभाव रोकिन सकेन नि !
०४६ सालको परिवर्तनपछि समाजको हरेक जरामा राजनीति गर्नुपर्ने भयो । पछि कम हुँदै गए पनि ०६२÷०६३ को आन्दोलनपछि फेरि हरेक क्षेत्रमा राजनीति पुग्यो । त्यसले विदेशमा रहेका एनआरएनहरू कुनै न कुनै पोलेटिकल पार्टीसँग आबद्ध भएका छन् । त्यसैले एनआरएनमा राजनीतिक दलको प्रभाव बढेको हो । यो चुनावमा पनि राजनीतिक दलका नेताहरू सम्मेलन स्थलमा आएर हाम्रो उम्मेदवार यो हो, कस कसलाई भोट हाल्ने भनेर चिट बाँड्ने काम भयो ।
हामीले प्रमुख राजनीति दलका नेताहरूसँग एनआरएनको चुनावमा राजनीतिक चलखेल नगर्ने कुराकानी गरिरहेका छौं । भरखरै उहाँहरूलाई राजनीति नगर्ने प्रतिबद्धता गराउने निर्णय गरेका छौं । विदेशको पासपोर्ट बोकेर राजनीतिक पार्टीको कार्यकर्ता भएर के फाइदा ? एनआरएनको चुनाव जितेर सरकार बनाउने त होइन । कतिपय साथीहरूमा बुझाइको पनि समस्या, जब नेपालको राजनीति पनि स्थिर हुन्छ । १-२ वर्षमा एनआरएनमा पनि यो प्रभाव कम हुँदै जान्छ ।

क्षेत्रीय सम्मेलनको तयारी कस्तो छ ?
सेम्टेम्बरमा जापानमा गर्ने तयारीमा छौं । हाम्रो फोकस राष्ट्रसँग के माग्नेभन्दा पनि हामीले के दिन सक्छौं भन्ने हुनेछ । यही देश धनी होस्, युवाहरू कामका लागि बाहिरिनु नपरोस् भन्ने विषयमा केन्द्रित हुँदैछौं ।

Originally published on: www.karobardaily.com