पन्तद्वारा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेद्वारी घोषणा (प्रतिबद्धतापत्र)

 

काठमाडौँ । ३ जेठ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा आयोजित एक भव्य समारोहका बीच उपाध्यक्ष पन्तले आफ्नो २० बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन् ।

नेपालको पूर्वाधार क्षेत्रमा ल, गानी गर्ने गरी १० अर्बको सामूहिक कोष सञ्चालन, चालू परियोजना निरन्तरता, पूर्णता र हस्तान्तरण केही नवीन अवधारणमा आधारित भइ नयाँ परियोजना तथा कार्यक्रम अघि बढाउने गरी स्वेदशको समृद्धिको साझेदार एनआरएनएलाई बनाउने पन्तको उद्घोष छ । वैदेशिक रोजगार राहत कोषको गुणात्मक वृद्धि गरी सरकारसँगको समन्वयमा सञ्चालन गर्ने र वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीपयुक्त बनाउने लगायत कार्यक्रम पनि ल्याउने उनले बताएका छन् ।

नि:शुल्क सदस्यता पञ्जीकरणको व्यवस्था गरी सम्पूर्ण गैरआवासीय नेपालीलाई संघमा आबद्ध गराउने घोषणासमेत उनले गरेका छन् । संसारभरिका गैरआवासीय नेपालीले अनलाइनबाट प्रत्यक्ष मतदान गर्न मिल्ने व्यवस्थाका निम्ति पहल गर्ने उनको भनाइ छ । नि:शुल्क पञ्जीकरण र अनलाइन मतदानको प्रणाली लागू गर्न सकिएमा नयाँ पुस्ता र महिलाको सहभागिता समेत व्यापक रुपमा बढ्ने उनले बनाए । “विश्वका विभिन्न मुलुकमा रहेका ८० लाख नेपाली यसका सदस्य हुनेछन् र ४० लाख महिला सदस्य भएको एनआरएनए बन्नेछ । यसले महिला सहभागिता मात्र होइन, महिलाकै नेतृत्व सुनिश्चित हुनेछ” पन्तले कार्यक्रममा भने ।

प्रतिबद्धतापत्रको पूर्ण पाठ

पीडीएफ फाइल
manifesto |

वर्ड फाइल (युनिकोड)
Manifesto _Unicode |

वर्ड फाइल (प्रीति लिपि)
manifesto_Preeti |

अध्यक्षमा उमेद्वारी घाेषणा (भिडियाे)

|

संघ विशुद्ध गैरराजनीतिक र परोपकारी संस्था भए पनि यसभित्र कतिपयले दलीय राजनीति प्रवेश गराउन खोजेकामा सचेत रहन पनि उनले एनआरएनहरुलाई आग्रह गरे । क्षणिक लाभका लागि संस्थालाई विभाजित गर्ने कुरा ग्राह्य हुन नसक्ने उनको भनाइ थियो ।
संविधान दिवस भएकाले व्यस्त कार्यतालिका र अरु पनि महत्वपूर्ण कार्यक्रम हुँदा पनि याक एन्ड यती होटल विभिन्न मिडिया र पन्तका शुभेच्छुकहरुले खचाखच भरिएको थियो ।

अग्रज अभियन्ताहरुले परिकल्पना गरेर बनेको यो संगठनको साख कायम राख्दै नयाँ उचाइ दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पन्तले व्यक्त गरे । “यस अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर सकेको योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएको छु,” उनको भनाइ थियो, “तर, मलाई राम्रोसँग थाहा छ कि यतिमै रमाउने वा विगतमा गर्व गरेर मात्र बस्ने छूट हामीलाई छैन । यस संघप्रतिको आशालाई आकारमा ढाल्नु छ । भावनालाई सार्थक शक्तिमा परिणत गर्नु छ । सपनालाई नतिजामा साकार गर्नु छ ।”

गैरआवासीय नेपालीको नागरिकता र विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार कार्यान्वयनका निम्ति पनि लागिपर्ने प्रतिबद्धता पन्तले व्यक्त गरेका छन् । धेरै देशका प्रतिनिधिले पन्तले अघि सारेका एजेन्डामा साथ दिने प्रतिक्रिया पनि कार्यक्रममै व्यक्त गरेका छन् ।