समृद्धिको अभियानमा गैरआवासीय नेपाली समुदाय महत्त्वपूर्ण साझेदार : प्रम ओली

गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलनपछि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग पहिलो शिष्टाचार भेट । उहाँले बधाई र शुभकामना दिनुका साथै नेपालको समृद्धिको अभियानमा गैरआवासीय नेपाली समुदायलाई महत्त्वपूर्ण साझेदारका रुपमा लिएको र त्यसैअनुसारको भूमिका अपेक्षा गरेको बताउनुभयो।